Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा बैठकमा बैंकरहरूले गभर्नरसँग मागे ´रिक्स वेटेज´मा समय

लोकेन्द्र ढकाल

लोकेन्द्र ढकाल

शुक्रबार, १७ असार २०७९, २२ : २८ मा प्रकाशित

पोखरा बैठकमा बैंकरहरूले गभर्नरसँग मागे ´रिक्स वेटेज´मा समय

नेपाल राष्ट्र बैकका गभर्नर र बाणिज्य बैकका सिइओ सम्मिलित पोखरा बैठक सकिएको छ । ´इन्ट्राक्सन अन सेन्ट्ररल बैक डिजिटल करेन्सी एण्ड अप कमिङ्ग मोनेटरी पोलिसी` बिषयक छलफलमा बैकर्सले घरजग्गा तथा सेयर मार्जिनको औसत दर ´रिक्स वेटेज` सय बाट एक सय ५० बनाउने राष्ट्र बैकको आगामी नीतिका सम्बन्धमा समय मागेका छन् । आगामी आर्थिक वर्षबाट राष्ट्र बैंकले औसत दर १०० बाट बढाएर १५० बनाउने तयारी गरेको छ । बैठक पछि नेपाल बैकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्यायले भने ´रिक्स वेटेज` का सम्बन्धमा तत्काल नीति लागू गर्नु भन्दा पहिला हामीलाई केही समय दिन माग गरेका छौ`, उहाँले भन्नुभयो सिडी रेसियोमा पनि समय सापेक्ष परिवर्तन होस ।

अध्यक्ष उपाध्यायले आगामी मौद्रिक नीतिका सम्बन्धमा थप छलफलको लागि बुधबार पुन: काठमाडौमा बैठक हुनेगरी आजको छलफल सकिएको बताए ।

मौद्रिक नीतिको बारे सुझाब मात्र सुनेका गभर्नर महाप्रसाद अधिकारीले ´डिजिटल करेन्सी´ को बारेमा हतारो नगर्न बैकर्षलाई सुझाएका छ्न । सिभिल बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोख्रेलद्रारा प्रस्तुत कार्यपत्र र छलफल पछि उठेका सवालको जवाफ दिने क्रममा गभर्नर अधिकारीले डिजिटल करेन्सि हाम्रो आवश्यक भएपनी आज-भोलि नै कार्यान्वयन गर्न नहुने बताए । उनले करेन्सी जस्तो कुरामा भोलि केही भैडियो भने के गर्ने ? भन्दै कार्यपत्र प्रस्तोता सँग प्रतिप्रश्न गरे। विश्वका अन्य देशले पनि यसलाई ट्रायलको अवस्थामा शुरु गरेको हुनाले हाम्रो जस्तो मुलुकमा पर्ख र हेरको अवस्थामा यहि छोड्नुपर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको