Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको नाफा १ अर्ब ४१ करोड

मंगलबार, १७ साउन २०७४, १२ : ४८ मा प्रकाशित

सिद्धार्थ बैंकको नाफा १ अर्ब ४१ करोड

अर्थ संसार, काठमाडौं–  सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७३\७४ को चौथो त्रैमासमा खुद मुनाफा १ अर्ब ४१ करोड ८० लाख रुपैयाँ कमाएको छ, ।

जुन गत वर्षको सोहिअवधि भन्दा १२ दशमलव ९९ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १ अर्ब २५ करोड ४९ लाख रुपैयाँ कमाएको थियो ।

६ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी भएको सिद्धार्थ बैंकले जगेडाकोषमा ३ अर्ब २८ करोड ४० लाख रुपैयाँ छुटाएको छ । हालको चुक्ता पूँजी र मुनाफाको आधारमा बैंकले लगानीकर्ताहरुलाई भने १७ प्रतिशत लाभांश दिने देखिन्छ ।

निक्षेपमा १९ दशमलव ०७ प्रतिशतले बढेर ७७ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ संकलन गरी कर्जामा ६६ अर्ब ६ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानीमा २५ दशमलव ३१ प्रतिशतले बढेर २ अर्ब ६५ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११ दशमलव ९१ प्रतिशतले बढेर १ अर्ब ८५ करोड ७ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ३२ करोड ९२ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा २८ करोड ६२ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३२ प्रतिशतले घटेर १ दशमलव १५ प्रतिशत र पुँजकिोषको अनुपात १ दशमलव ९१ प्रतिशतले बढेर १३ दशमलव १६ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको