अर्थ संसार, काठमाडौं –नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य घटाएको छ । निगमका प्रवक्ता सिताराम पोखरेलले ग्याँसमा रु २५ मूल्य घटाइएको बताउनुभयो ।
उहाँले नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर रु एक हजार ३२५ मा पाइने जानकारी दिनुभयो ।
नयाँ मूल्यसूची आज राती १२.०० बजेपछि लागू हुनेछ ।अन्य पेट्रोलियम पदार्थको भने मूल्य भने घटाइएको छैन ।
‘प्रवक्ता पोखरेलले भन्नुभयो ‘ अन्य पेट्रोलियम पदार्थको भने भारतीय आयल निगमले पठाएको मूल्यसूचीमा भने बढेर आएको छ ।’
अन्य पेट्रोलियम पदार्थको पनि मूल्य घटाउने अवस्था रहेपनि निगमले बेवास्था गरेको भन्दै आलोचना हुँदै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस