Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो डेभलपर कम्पनीको आइपीओ खुल्यो

बुधबार, १८ साउन २०७४, १५ : ०६ मा प्रकाशित

नेपाल हाइड्रो डेभलपर कम्पनीको आइपीओ खुल्यो

अर्थ संसार, काठमाडौँ–  नेपाल हाइड्रो डेभलपर कम्पनीले तीन लाख ९० हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ  । 

पूर्व पर्यटन मन्त्री एव्म नेकपा(एमाले)का नेता आनन्द पोखरेल, नेपाल उद्योग बाणिज्य महासंघ निवर्तमान अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान लगायत प्रवद्र्धक रहेको कम्पनीले रु १०० अंकित दरका शेयर निष्काशन गरेको हो। 

कम्पनीमा पोखरेलको रु एक करोड ३५ लाख रुपैयाँ छ । उनको एक लाख ३५ हजार कित्ता शेयर रहेको छ । त्यस्तै मुरारकाको रु दुई करोड ४३ लाख र प्रधानको रु ४ करोड ३८ लाख लगानी छ । प्रधान कम्पनीको प्रमुख हुन् । 

कम्पनी दोलखा भिमेश्वर स्थित चर्नावति खोलामा साढे तीन मेगावाटको चर्नावती खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि उत्पादन समेत भइ रहेको छ । 

कम्पनीले साउन २७ गते शेयर निष्काशन गरि छिटोमा ३२ गते र ढिलोमा भदौ २५ गते बिक्री बन्द गर्ने जनाएको छ । कम्पनीको शेयरमा न्युनतम ५० कित्ता देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । 

चर्नावती खोला जलविद्युत आयोजनाले २०७० जेठ २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
 कम्पनीले आर्थिक बर्ष २०७०र७१ देखिनै मुनाफा आर्जन गर्दै आएको छ। साधारण शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी रु २६ करोड पुग्ने छ। 

जसमा ७५ प्रतिशत संस्थापक शेयर धनीहरुको, १० प्रतिशत आयोजना प्रभावितहरुको र १५ प्रतिशत सर्बसाधारण शेयर धनीको स्वामित्व रहनेछ।

एनएमबि क्यापिटल नागपोखरी र नेपाल हाइड्रो डेभलोपरको कार्यालय डिल्ली बजारबाट कम्पनीको आपिओ आवेदन दिन पाइनेछ । साथै आस्वा सुविधा भएका सबै बैंक तथा वित्तिय संस्थाबाट शेयर आवेदन दिन मिल्ने कम्पनीले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको