अर्थ संसार, काठमाडौँ– अमेरिकाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गरेको छ । अमेरिकी कार्यबाहक राजदुत मिचेल सी गोञ्जालेजले आज ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई भेटी आफ्नो देश ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक भएको बताउनुभएको हो ।
ऊर्जामन्त्रालयमा भएको भेटमा राजदुत गोञ्जालेजले अपर कर्णाली परियोजना र अरुण तेस्रो परियोजनाको बारेमा पनि चासो व्यक्त गर्नुभएको थियो । उहाँले यी परियोजनाहरु अहिलेसम्म बन्न नसक्नुको कारणबारे ऊर्जा मन्त्री शाहीसंग जिज्ञासा राख्नुभएको थियो ।
जवाफमा ऊर्जामन्त्री शाहीले नेपालमा झोलामा खोला बोकेर दलाल र माफियाहरुले काम नगरिरहेकाले यस्ता समस्याहरु सृजना भएको बताउनुभयो ।
उहाँले अपर कर्णाली र अरुण तेस्रो परियोजना जस्ता आयोजनाहरु समयमै संचालन गर्न नसक्नुमा निमार्ण कम्पनिहरुले ढिलासुस्ती गरिरहेको भन्दै उनीहरुले समयमै काम संचालन गर्न नसक्ने हुन भने सम्झौता रद्ध गर्ने तयारी गरिएको बताउनुभयो ।
ऊजामन्त्री शाहीले समयमै काम नगर्ने कम्पनिहरुसंग एकपटक छलफल गरि समयावधि तोक्ने र समयाधिभित्र काम नगर्ने कम्पनिको लाईसेन्स समेत खारेज गर्ने नीतिगत व्यवस्था समेत गर्ने बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस