Like us!
Follow us!
Connect us!
Watch us!

गुरुङले फेरिपनि भने, गभर्नर अधिकारी ७३ को अर्थ समितिका सदस्य थिएनन भन्नू ´हातमा कलम लिएर यो कलम हो कि होइन भन्नू जस्तो`

लोकेन्द्र ढकाल

विहीबार, ३० असार २०७९, १९ : ३६ मा प्रकाशित

पोखरा । प्रमुख प्रतिपक्षी दल एमाले पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम. अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको पत्र सार्वजनिक गरेको छ । एमाले कार्यालय सचिव भीष्म अधिकारीले बुधबार गभर्नर अधिकारीलाई स्पष्ट पारिएको व्यहोराको पत्र पठाउँदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख गरेको पत्र सार्वजनिक गरको हो ।



एम. अधिकारीको विषयमा प्रश्न उठेपछि गभर्नर अधिकारीले आफू कुनै पनि पार्टीमा नरहेको र त्यस्तो पदमा बस्ने कल्पना पनि नगरेको उल्लेख गर्दै आफूलाई जोडेर भ्रम सिर्जना गरिएकोले यसबारे स्पष्ट पार्न भन्दै  गभर्नर अधिकारीले बुधबार एमालेलाई पत्र पठाएका थिए । त्यही पत्रको जवाफ दिँंदै एमाले कार्यालय सचिवले गभर्नर अधिकारीलाई स्पष्ट पारिएकोबारे पत्र पठाएको थियो ।

हेर्नुहोस् पत्र

गभर्नर अधिकारीले बुधबार एमालेलाई पठाएको पत्रमा बाहिर आएका समाचारबारे स्पष्ट पारिदिन आग्रह गरिएको थियो । 
सात वर्षअघि पनि एमाले र गभर्नर अधिकारीबीच पत्राचार भएको थियो । २०७३ जेठ २५ मा भएको पत्राचारमा गभर्नर अधिकारीले एमालेको अर्थ तथा योजना विभागमा आफूसँग मिल्दोजुल्दो नाम गरेको व्यक्ति विभागको सदस्य भएकाले कथं कदाचित उक्त नाम आफ्नो भए हटाइदिन भन्दै एमालेलाई पत्राचार गरेका थिए ।

हेनुहोस् पत्र

 पत्र अनुसार अधिकारीले उक्त नाम मसँग सम्बन्धित रहेको भए म कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र हाल त्यस्तो सदस्यता लिने मनसाय नरहेकोले उक्त नाम हटाइदिन अनुरोध गर्दछुु भनेका छन् । अधिकारीले पठाएको उक्त पत्रको २०७३ असार २० मा एमाले तत्कालिन कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जवाफ दिँदै महाप्रसाद अधिकारीको विभागसँग सम्बन्ध नरहेको उल्लेख गरेका छन् । पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागका सदस्यहरुको नाम रुजु गर्दा उक्त नाम भुलवस पर्न गएको र सो नाम अन्तिम नामावलीमा नरहेको हुँदा तपाईं यस विभागसँग कुनै सम्बन्ध नभएको व्यहोरा अवगत गराउँछुु श्रेष्ठले अधिकारीलाई पठाएको पत्रमा उल्लेख छ ।

हेर्नुस पत्र

 यसैबिच कास्की ठेगाना भएका एमाले अर्थ तथा योजन विभागका २०७३ र अहिलेका समेत सदस्य रहेका इ. देउकाजी गुरुङले पहिला बोलेको कुरा एकाएक फेरेका छन । असार २८ गते सदस्य गुरुङले गभर्नर महाप्रसाद अधिकारी एमाले अपानी अन्तर्गतको अर्थ तथा योजना विभागको सदस्य रहेको र मिटीङमा आउने गरेको बताएका थिए । उनले ३० गतेको कुराकानीमा आफु पोखरा देखी काठमाडौं माइक्रो बसमा जादैँ गरेको  र कुरा राम्ररी क्लियर नबुझेको भन्दै आफ्नो बचाउ गरेका छन । उनले पहिला बोलेको अडियो रेकर्ड अर्थ संसारले सार्वजनिक गरिसकेको छ ।

सुन्नुस पहिलो अडियो  रेकर्ड

 

एमाले अर्थ तथा योजना विभागको असार ३० गते मिटीङ बस्ने सम्बन्धमा ३० गते विहान ११ वजेर २७ मिनेटमा गरिएको सम्पर्कमा विभागका सदस्य गुरुङको पहिलाको भनाइ फेरिएको हो । एद्यपी सदस्य गुरुङले २०७३ सालको एमाले अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारी सदस्य रहेको किटानी गरेका छन् । गुरुङले उक्त विभागमा खोटाङ – ६ का महाप्रसाद अधिकारी सदस्य रहेको बताउँदै यसमा दुईमत नरहेको बताएका हुन । उनले भनेका छन,  महाप्रसाद अधिकारी भनेर बकैदा त्यहाँ लेखेको छ नि, यदि खोटाङ ६ को महाप्रसाद अधिकारी २, ३ जना छन् भने मलाई थाहा छैन नत्र गभर्नर नहुँदाका महाप्रसाद अधिकारी त सदस्य हो नि भनि बताएका हुन् । उनले एमाले महाधिवेशन पछि सदस्य भएका एम अधिकारीलाई आफुले नदेखेक, नचिनेको बताए । महाधिवेशन पछि विभागको मिटीङ बसेको छैन् उनले भने पहिला २५ सदस्यीय विभाग थियो अहिले ११ सदस्यीय रहेको छ, र सदस्यहरुविच एक आपसमा नचिनेको बताए । तर उनले गभर्नर हुनु भन्दा पहिला महाप्रसाद अधिकारी सदस्य विभागका सदस्य थिए भनी यस पटकको कुराकानीमा पनि बताएका छन । अहिलेको विभागको सदस्यमा एम अधिकारी भनिएका व्यक्क्ति पहिलाका विभागका सदस्य गभर्नर महाप्रसाद अधिकारी हो या अरु को हुन् भन्नेका मिटीङमा जो आउँछ त्यही हुने उनले बताए । तर २०७३ सालमा अहिलेको गभर्नर महाप्रसाद अधिकारी नै सदस्य भएकोमा दूईमत नरहेको सदस्य गुरुङले स्पष्टताका साथ हो भनी भनेका छन् । उनले २०७३ सालको विभागमा योजना आयोगको उपाध्यक्ष, कोष तथा लेखा नियन्त्रणको डिम लगाएत थुप्रै ठूला पदका बसेकाहरु पनि सदस्य रहेको बताएका छन् ।

सदस्य गुरुङले २०७३ सालको एमाले अर्थ तथा योजना विभागको सदस्य गभर्नर महाप्रसाद अधिकारी सदस्य हुन कि होइनन् भन्नु भनेको हातमा कलम लिएर यो कलम हो कि होइन भनेर सोध्नु जस्तो हो भन्दै उनले गभर्नर अधिकारी २०७३ सालको उक्त विभागको सदस्य रहेको किटानी गरेका हुन ।

 सदस्य गुरुङले असार २८ गतेको कुराकानीमा गभर्नर अधिकारी  एमाले अर्थ तथा योजना विभागको सदस्यमा रहेको र मिटीङहरुमा आउने जाने गर्ने गरेको बताएका थिए ।

 सुन्नुहोस गुरुङसँग आज गरिएको कुराकानी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको