Like us!
Follow us!
Connect us!
Watch us!

गुँरास लाईफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति बोनस ?

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, ०६ : २४ मा प्रकाशित

गुँरास लाईफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति बोनस ?

गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर कायम गरेको छ ।

कम्पनीले बीमा समितिबाट स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक बीमा योजना (रेगुलर) मा प्रति हजार न्यूनतम ३३ रूपैयाँदेखि अधिकतम ६८ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको सावधिक बीमा योजना (बालबालिकाको) मा प्रति हजार न्यूनतम ३३ रूपैयाँदेखि अधिकतम ६८ रुपैयाँसम्म बोनस कायम गरिएको छ । अग्रिम भुक्तानी सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४३ रुपैयाँसम्म बोनस पाउनेछन् । सावधिक तथा आजीवन बीमा योजनामा प्रति हजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् । 

त्यसैगरी, बार्षिक नगद फिर्ता योजनामा प्रति हजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ३८ रूपैयाँसम्म बोनस पाइनेछ । कम्पनीको गुँरास सुरक्षित भविश्य बीमा योजनामा प्रति हजार २० रूपैयाँदेखि अधिकतम ३७ रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर यस प्रकारको छः

62d4ac1a06836.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको