Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न गुँरास लाईफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, के के छन् ऐजेन्डा ?

अर्थ संसार

विहीबार, १३ असोज २०७९, ०७ : ५६ मा प्रकाशित

लाभांश पारित गर्न गुँरास लाईफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, के के छन् ऐजेन्डा ?

गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार १२ औँ वार्षिक साधारण सभा कार्तिक ४ गते, कम्पनीको प्रधानकार्यलय राज भवन तिनकुने काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.४४२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९१७१ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभाले गुँरास लाईफ इन्स्योरेन्स कम्पनी, प्राईम लाईफ इन्स्योरेन्स र युनियन लाईफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने९मर्जर० को प्रस्ताव पारित गर्ने छ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । 

हाल मर्जर प्रयोजनार्थ कम्पनीको दोस्रो बजार कारोबार रोक्का राखिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको