Like us!
Follow us!
Connect us!
Watch us!

बोनस पारित गर्न गुराँस लाईफले डाक्यो साधारणसभा, कर सेयरधनीले तिर्नुपर्ने

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, ०८ : २५ मा प्रकाशित

बोनस पारित गर्न गुराँस लाईफले डाक्यो साधारणसभा, कर सेयरधनीले तिर्नुपर्ने

गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत्र १४ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १३ औँ वार्षिक साधारण सभा बैशाख ६ गते, कम्पनीको केन्द्रिय कार्यलय तिनकुने काठमांडौबाट भर्चुअल माध्यामबाट समेत बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । 

सभाले कम्पनीको चैत्र ९ गते, बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३.२७१२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस सेयरमा लाग्ने कर रकम भने सेयरधनीहरुले नै तिर्नुपर्ने छ ।

गुराँस लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच एक आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक संझौता पत्र, कम्पनीको शेयर कारोवार रोक्का राख्ने गरी भएको निर्णय तथा कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्यांकन कार्य गर्न लेखापरीक्षक र परामर्शदाता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने गरी भएको संचालक समितिको निर्णयहरु अनुमोदन समेत गर्नेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र २३ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको