Like us!
Follow us!
Connect us!
Watch us!

१० लघुवित्त कम्पनीको खुद नाफा ४१ प्रतिशतले बढ्यो, कुनको कति ?

शुक्रबार, २० साउन २०७४, ०८ : १५ मा प्रकाशित

१० लघुवित्त कम्पनीको खुद नाफा ४१ प्रतिशतले बढ्यो, कुनको कति ?

अर्थ संसार, काठमाडौं - २०७३/७४ आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्म नेप्सेमा सूचीकृत भएका लघुवित्त कम्पनीहरूमध्ये १० ओटाले वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

अघिल्लो आवकोे तुलनामा गत आवमा यी कम्पनीहरूको खुद नाफा ४१ दशमलव ५९ प्रतिशतले बढेको छ । त्यस्तै, यी कम्पनीहरूको सञ्चालन नाफा ४१ प्रतिशत र खुद ब्याज आम्दानी ४७ दशमलव १२ प्रतिशत बढेको छ । चुक्तापूँजीमा ४० दशमलव १६ प्रतिशत वृद्धि भएको छ भने जगेडा कोष २ गुणा बढेको छ ।

वित्तीय विवरण प्रकाशित भएका कम्पनीहरूमध्ये नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको खुद मुनाफा उच्च प्रतिशत बढेको छ । अघिल्लो आवकोे तुलनामा गत आवमा यस कम्पनीको खुद मुनाफा ७६ दशमलव ५० प्रतिशत बढेर रू. ७ करोड २१ लाख पुगेको छ ।

यस कम्पनीको अघिल्लो आवमा रू.७ करोड रहेको चुक्ता पूँजी गत आवमा ४२ दशमलव ८६ प्रतिशत बढेर रू. १० करोड पुगेको छ । सञ्चालन नाफा र खुद ब्याज आम्दानी ७६ प्रतिशत वृद्धि भएपछि यस कम्पनीको मुनाफा बढेको आजको अभियान समाचारमा छ ।

साथै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा ७१ दशमलव ५३ प्रतिशत बढेर रू. १० करोड ७१ लाख पुगेको हो । यस कम्पनीको चुक्ता पूँजी शतप्रतिशत बढेर रू. २२ करोड पुगेको छ ।

घट्ने कम्पनीमा रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । यस कम्पनीको खुद मुनाफा (घाटा) ४० दशमलव शून्य ३ प्रतिशत घटेर रू. १ करोड १२ लाखमा सीमित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको