Like us!
Follow us!
Connect us!
Watch us!

मूक्तिनाथ विकास बैंकले हकप्रद सेयर निष्काशन गर्ने

शुक्रबार, २० साउन २०७४, १२ : ०७ मा प्रकाशित

मूक्तिनाथ विकास बैंकले हकप्रद सेयर निष्काशन गर्ने

अर्थ संसार, काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले १०ः४ को अनुपातमा  हकप्रद सेयर निष्काशन गर्न लगेको बैंकले जनाएको छ ।

यसका लागि साउन १९ गतेसम्म सेयर किन्ने वा सेयर स्वामित्व हुने सेयरधनीले सेयर खरीदको लागि आवेदन दिन सक्नेछन् ।

प्रति सेयर एक सयको दरको ६१ लाख ७० हजार ८ सय ६५ कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्न लागेको हो ।  बैंकले हकप्रद भदौ ४ गते देखि असोज ८ गतेसम्म आवेदन दिनसक्नेछन् ।

आवेदन दिने स्थानहरु

हकप्रद शेयर खरीदका लागि बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्ति गरेको छ । 

साथै नेपाल इन्भेष्टमेण्ट बैंक दरबारमार्ग, कुमारी बैंक लिमिटेड पुतलीसडक, मुक्तिनाथ विकास बैंकको रजिष्ट्रार कार्यालय कमलादी काठमाडौं, देव विकास बैंक काठमाडौं, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखा कार्यालय विराटनगर, नेपालगञ्ज र धनगढीबाट हकप्रद सेयर खरीद तथा आवेदन बुझाउँन सकिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको