Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार यसरी हुँदैछ आधुनिक

शुक्रबार, २० साउन २०७४, १३ : १८ मा प्रकाशित

सेयर बजार यसरी हुँदैछ आधुनिक

अर्थ संसार, काठमाडौँ–  सेयर बजारलाई पूर्ण रुपमा अनलाइन प्रणालीमा लैजाने कार्य तिव्र रुपमा अगाडि बढीरहेको छ ।

नेपाल स्टक एक्चेन्जले लगानीकर्तालाई घरमै बसेर सेयर कारोबार गर्न सक्ने गरी आवश्यक नीतिगत तयारी गरिएको र अनलाइन प्रणालीलाई पूर्ण रुपमा सञ्चालन गरिने छ ।

नेप्सेका प्रवक्ता मुरहरि पराजुलीले वाइको नेपालको सहयोगमा अनलाइन प्रणाली सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

नेप्सेले सेन्ट्रल आस्सा प्रणालीलाई पूर्ण रुपमा सञ्चालन गर्ने गरी सबै लगानीकर्तालाई सहज सुविधा दिने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

बैंक तथा वित्तिय संस्था तथा सेन्ट्रल आस्वामा सहभागी हुने सबैलाई त्यसका वाइको नेपालको प्रणालीमा आवद्ध हुन समेत आवद्ध हुन आग्रह गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको