Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : नेप्से र कारोबार दुबै सन्तोषजनक

शनिबार, २१ साउन २०७४, ०८ : ४२ मा प्रकाशित

साताको सेयर बजार :  नेप्से र कारोबार दुबै सन्तोषजनक

  • गंगा श्रेष्ठ

काठमाडौँ –धितोपत्र बजारमा साताभर भएको कारोबारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७.३० अंकले बढेर अन्तिम दिन एक ६६०.५८ अंकमा पुगेको छ ।

साताभर नै नेप्से परिसूचकाङ्कमा खासै ठूलो उतारचढाव नदेखिए पनि कारोबार रकम भने उच्च भएको छ । कारोबारको पाँचै दिन दोहोरो अङ्कको अन्तर नदेखिएको बजारमा समग्रमा झिनो बृध्दि सम्भव भएको हो ।

बैंक तथा वित्तीय सस्थाहरुको आर्थिक बर्ष ०७३–७४ को प्रगति प्रतिवेदन सार्वजनिक हुँदै गर्दा राम्रो नाफा भएको कम्पनीले दिने प्रतिफलको आधारमा लगानीकर्ताले त्यस्ता कम्पनीहरुमा लगानी बढाएको साथै बीमा कम्पनीहरुको उच्च मात्रामा पाइने हकप्रद र बोनस सेयरका कारण उच्च माग हुँदा कारोबार रकम भने हरेक दिन निकै बढेको देखिएको छ ।

सेयर खरिद कर्ता मात्र नभएर पहिले सस्तोमा सेयर खरिद गरेका लगानीकर्ता पनि मुनाफा असुलीमा लाग्दा बजारमा खासै ठूलो अन्तरले परिसूचकाङ्कमा फरक नपरे पनि कारोबार भने सधै नै सन्तोषजनक रहेको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ४४ हजार ४८८ कारोबारबाट पाँच अर्ब २५ करोड २४ लाख १५ हजार रुपियाँ बराबरका एक करोड पाँच लाख ८० हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

पाँच अर्ब २५ करोडभन्दा बढीको कारोबार भए तापनि कारोबार रकम गत साताको भन्दा ५.०५ प्रतिशत कम हो । गत साता १७० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ४३ हजार ३६८ कारोबारबाट पाँच अर्ब ५३ करोड १८ लाख ६६ हजार रुपियाँ बराबरका ९० लाख ५८ हजार ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.८६ अंकले बढेर ३४८.२२ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (२४ करोड ५७लाख ६० हजार रुपियाँ) को आधारमा नेपाल ग्रामीण विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (१७ लाख ४२ हजार कित्ता) को आधारमा लक्ष्मी भ्यालु फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (२५५६ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको