Like us!
Follow us!
Connect us!
Watch us!

७९ सहकारी संस्थाको दर्ता खारेज

शनिबार, २१ साउन २०७४, १५ : ५६ मा प्रकाशित

७९ सहकारी संस्थाको दर्ता खारेज

अर्थ संसार, कलैया– बारामा ७९ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । सहकारी ऐन २०४८ को परिच्छेद १० को दफा ४१ को उपदफा ३ बमोजिम जिल्लामा रहेका सहकारीमध्ये ती संस्थाको दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालय बाराले जनाएको छ ।

सहकारी ऐन बमोजिम दर्ता भएका ती सहकारी संस्थाले ऐन नियम तथा संस्था स्वीकृत विनियमबमोजिम गर्नुपर्ने कार्य नगरेको र ३१ वर्षसम्म कुनै पनि विवरण नबुझाएकाले ती सहकारी संस्थाको दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालय बाराका कार्यालय प्रमुख कुलोत्तम पोखरेलले बताउनुभयो ।

गत वर्षसम्म बारा जिल्लामा १० प्रकारका ७११ वटा सहकारी संस्था सञ्चालनमा छन् । तीमध्ये कृषि सहकारी ३६०, बचत तथा ऋण सहकारी २२७, बहुद्देश्यीय सहकारी ५३, साना किसान सहकारी १९, पशुपालन सहकारी १६, दूध उत्पादन सहकारी १५, मत्स्य सहकारी १३, सञ्चार सहकारी चार, उपभोक्ता सहकारी तीन र तरकारी तथा फलफूल सहकारी संस्था एक वटा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको