Like us!
Follow us!
Connect us!
Watch us!

१ करोड ७४ लाख रुपैयाँ घाटामा नेशनल हाइड्रोपावर

अर्थ संसार

आइतबार, १५ साउन २०७९, ०७ : २३ मा प्रकाशित

१ करोड ७४ लाख रुपैयाँ घाटामा नेशनल हाइड्रोपावर

नेशनल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी १ करोड ७४ लाख ३७ हजार रूपैयाँ घाटामा रहेको छ । गत वर्षको यसै अवधिमा कम्पनी २ करोड २१ लाख ८२ हजार रूपैयाँ नोक्सानमा रहेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको बिद्युत बिक्रि आम्दानी पनि बढेर ४ करोड ९१ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको यस्तो आम्दानी ३ लाख ६१ लाख ६० हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड २५ लाख १६ हजार रुपैयाँ र जगेडा कोषमा १ करोड ७० लाख २८ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८६ पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ९४ पैसा रहेको छ ।

कम्पनीले गत वर्ष तल्लो इन्द्रावती जलविद्युत निर्माणको लागि लाइसेन्स पाएको छ भने  ५० प्रतिशत हकप्रद सेयर जारी गर्न प्रकृया अघि बढाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको