Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाईड्रोपावरको साधारणसभा आज, यस्ता छन् प्रस्ताव

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, ०७ : ०६ मा प्रकाशित

नेशनल हाईड्रोपावरको साधारणसभा आज, यस्ता छन् प्रस्ताव

नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको बार्षिक साधारणसभा आज चैत्र ३ गते डेलिस ओपेरा रेष्टो एण्ड ब्याङ्क्वेट बालुवाटार काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुने छ । कम्पनीले यो बर्ष सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छैन । 

सभाले अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश पारित गर्नेछ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १९ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको