Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र उत्थान लघुवित्तको नाफामा ४१.१७ प्रतिशतको बृद्धि, ईपिएस कति ?

अर्थ संसार

विहीबार, १९ साउन २०७९, ०६ : ५१ मा प्रकाशित

राष्ट्र उत्थान लघुवित्तको नाफामा ४१.१७ प्रतिशतको बृद्धि, ईपिएस कति ?

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा बृद्धि आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ६५ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४१.१७ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ४ करोड ७१ लाख ९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १६.७१ प्रतिशतले बढेर २२ करोड ८ लाख ५६ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १८ करोड ९२ लाख ३९ हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा २६.६६ प्रतिशतले बढेर ३० करोड ५९ लाख २८ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले २४ करोड १५ लाख ३७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २६ करोड रुपैयाँ र जगेडा कोषमा १८ करोड २२ लाख १२ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ८ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको