Like us!
Follow us!
Connect us!
Watch us!

आईसिएफसि फाइनान्सको नाफा २० प्रतिशतले घट्यो, ईपिएस कति ?

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, १० : ४२ मा प्रकाशित

आईसिएफसि फाइनान्सको नाफा २० प्रतिशतले घट्यो, ईपिएस कति ?

आईसिएफसि फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार फाइनान्सको नाफामा गिरावट आएको छ ।   

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सले २० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २०.२१ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा बैंकले २५ करोड १४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म फाइनान्सको खुद व्याज आम्दानी भने ४९.१४ प्रतिशतले बढेर ४७ करोड ६ लाख २१ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सको खुद व्याज आम्दानी ३१ करोड ५५ लाख ४८ हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सको सञ्चालन मुनाफा भने २०.३९ प्रतिशतले घटेर २७ करोड ४८ लाख ४७ हजार रूपैयाँ पुगेको छ । गत वर्ष फाइनान्सले ३४ करोड ५२ लाख ४६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । फाइनान्सको वितरणयोग्य मुनाफा ११ करोड ३४ लाख ३४ हजार रुपैयाँ रहेको छ । 

त्यस्तै, फाइनान्सको चुक्ता पुँजी १ अर्ब १२ करोड ७१ लाख १५ हजार रुपैयाँ र जगेडा कोषमा ६१ करोड ५९ लाख ९ हजार रुपैयाँ सञ्चित रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ ५५ पैसाबाट घटेर १७ रूपैयाँ ८० पैसामा पुगेको छ । फाइनान्सको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६४ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको