Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सफल हुने टिप्स चाहिएको छ ? यस्ता छन् टिप्स

सोमबार, २३ साउन २०७४, १३ : ३६ मा प्रकाशित

सेयर बजारमा सफल हुने टिप्स चाहिएको छ ?  यस्ता छन् टिप्स

  • दिपेश घिमिरे

पछिल्लो समय मानिसहरु पैसाको पछाडी नै दौडिरहेका देखिन्छन् ।  तर, सहि रणनीती, जानकारी र योजना नभएका कारण जो सुकै यो सपना साकार पार्न सक्दैनन् ।

पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको, उत्साह बढेको छ । राम्रो नाफाको आशामा ठुलो लगानी गर्दा धेरै ढुबेका पनि छन् ।

तपाईले पनि सेयर वजारको लगानीलाई सुरक्षित ढंगले नाफामा रुपान्तरण गर्न यी टिप्स प्रभावकारी हुन सक्छन् ।

  • छोटो अवधिको लागि लगानी गर्नुहोस,।

  •  हरेक क्षेत्रको सेयर नजर लगाउनुहोस् ।

  • कुनै पनि कम्पनीमा पैसा लगाउनु अघि त्यसको व्यालेन्ससिट        आबश्यक चेक गर्नुहोस् । 

  •  सेयर किन्नुभन्दा पनि बेच्दा कुन समय उपयुक्त र फाईदाजनक हुन्छ, त्यसको बढि ध्यान केन्द्रीत गर्नुहोस् ।

  • सेयर र अन्य चिजको खरिद भिन्न भिन्न हो, भन्ने बुझ्नुहोस् ।

  • सोच बिचार नगरी हावाको भरमा कुनै पनि सेयरमा लगानी         नर्गनुहोस् ।

  • सेयरको गुणस्तर, कम्पनीको नाफा, कम्पनीको दिर्घकालिन उद्दे अनुसन्धान गर्नुहोस् ।

  •  यदि तपाइको सेयरमा धैरै उतर चढाब भैरहेको छ भने नआत्तीनुस् ।

  •  माग हेरेर सेयर छनोट गर्नुहोस ।

  •  धेरै नाफाको लोभमा नफस्नुहोस ।  घाटालाई समेत संभावनामा राखेर मात्र हिसाब किताब गर्नुहोस ।

  • दैनिक कम्तिमा २ पटक आफ्नो पोर्टफोलीयोको जाँच गर्नहोस् ।

  •  एउटा क्षेत्रमा मात्र सेयर लगानी नगरी विविध क्षेत्रमा लगानी गर्नुहोस् ।

  •  जोखिम आउने सम्भावना देखिएमा नाफाको लोभमा नपरी साँवा लिएर बाहिरिनुहोस् ।

विद्यार्थी पत्रकार

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको