Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : नेप्से बढ्यो, कारोबार घट्यो

सोमबार, २३ साउन २०७४, १५ : २० मा प्रकाशित

आजको सेयर बजार : नेप्से बढ्यो, कारोबार घट्यो

अर्थसंसार काठमाडौं– केहि दिन अघिदेखि सेयर बजार बढ्ने क्रम जारी रहेको छ । हिजोआज लगानीकर्तामा केही आशाका किरण छाएको छ ।

आज पनि सेयर बजार सामान्य अंकले बढेको छ । २.८९ अंकले बढेको बजारमा ९४ करोड ६० लाख ८३ हजार ३ सय ३२ रुपैयाँको कारोबार भएको छ । आईतबार ४.४७ अंकले सेयर बजार बढ्दा  एक अर्ब  २ करोड ७४ लाख ८३ हजार ४ सय ३३ रुपैयाँको कारोबार भएको थियो ।

जम्मा १ सय ५९ वटा कम्पनीको ३९ लाख ४२ हजार ८० कित्ता सेयर किनवेच भएको छ ।  आज सेयर बजारमा होटल १९.६५ अंक, डेभलपमेन्ट बैंक४.११ अंक, फाईनान्स १३.८अंक, ईन्स्योरेनस ३.३९ अंक र अन्य समूह १३.८८ अंकले बढेको छ  ।

यता बैंक ०.५७ अंक, हाइड्रोपावर १०.५३ अंक र  उत्पादन समूह ३.४४ अंकले घटेको छ ।सामान्य  अंले बढेको बजारमा  लुम्बिनी विकास बैंक लिमिटेडमा लगानी गर्ने लगानीकर्ताले आफुनो आम्दानी ६ प्रतिशतले बढाएका छन् ।

त्यस्तै एक्सल डेभलपमेन्ट बैंक लिमिटेका लगानीकर्ताले पनि ५ प्रतिशतले आम्दानी बढाएका छन् । यता कुवेर मर्चेन्ट बैक र छ्याङदी हाईड्रोपावरमा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानी १० प्रतिशतले गुमाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको