Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको १ लाख ९ हजार कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य १०० रुपैयाँ

अर्थ संसार

विहीबार, २६ साउन २०७९, ०६ : २३ मा प्रकाशित

गरिमा विकास बैंकको १ लाख ९ हजार कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य १०० रुपैयाँ

गरिमा विकास बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले न्यूनतम १०० रुपैयामा १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकको संस्थापक समूहको १,०९,८११ कित्ता शेयर प्रचलित नियम कानून तथा नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकत निर्देशन, २०७८ को निर्देशन नं. १०र०७८ तथा धितोपत्र दता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्थाको अधिनमा रही संस्थापक समूहको शेयर सोही समहमा नै रहने गरी लिलाम बढाबढको प्रकयाद्वारा बिक्री गर्न लागिएको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ । 

बैंकले प्रकाशन गरेको सूचनाः

62f44fc92f80d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको