Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, ०६ : ३१ मा प्रकाशित

गरिमा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा चैत्र १ गते, बुधबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले चैत्र महिनाका लागि घटाएर ब्याजदर प्रकाशन गरेको छ । डेभलपमेन्ट बैंकर्स सघको बैठकले चैत्रको ब्याजदर प्रकाशन गर्दा निक्षेपको ब्याजदर घटाएर प्रकाशन गर्ने सहमति गरेका थिए । 

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.६० प्रतिशतदेखि अधिकतम ९.६० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.५० प्रतिशत देखि अधिकतम १२.६० प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२.६० प्रतिशत व्याज प्रदान गर्ने छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर १२.८३ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदरः

640fc41a067eb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको