रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको संयुक्त कारोबार भदौको दोस्रो साताबाट हुने भएको छ ।
कम्पनीले असार ३१ गतेबाट मर्जर प्रक्रिया पुरा गरी संयुक्त कारोबार समेत सुरु गरिसकेका छन् । 'प्रक्रियागत कामहरु लगभग सकिएको छ' स्रोतले भन्यो 'अब भदौको पहिलो साता अथवा दोस्रो साताको सुरुवातमा नै कम्पनीको दोस्रो कारोबार खुल्छ ।'
कारोबार खुल्दा ७ सय रूपैयाँ भन्दा माथि कारोबार खुल्ने अनुमान गरिएको छ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबीच एक आपसमा मर्जर गर्ने सम्झौता भएपछि गत कार्तिक १८ गते बिहिबारदेखि दोस्रो बजारमा यी दुई कम्पनीको कारोबार रोक्का छ ।
रिडी हाइड्रो र रैराङ हाइड्रोपावरलाई १ः०.९३ सेयर स्वाप रेसियोमा एक्वायर हुन लागेका हुन् । जस अनुसार रैराङ हाइड्रोको १०० कित्ता सेयर हुनेले अब रिडी हाइड्रोको नाममा ९३ कित्ता सेयर पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस