Like us!
Follow us!
Connect us!
Watch us!

रिडीको हकप्रद बाँडफाँट, ११.३५ लाख कित्ताको अक्सन चैत्र २९ गतेदेखि

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, ०८ : २५ मा प्रकाशित

रिडीको हकप्रद बाँडफाँट, ११.३५ लाख कित्ताको अक्सन चैत्र २९ गतेदेखि

कम्पनीले १ बराबर ०.५० अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो। ५० प्रतिशतले हुने कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो। जसमध्य ६० हजार ६०२ लगानीकर्ताले कुल ६६ लाख ८ हजार ८४९ कित्ता हकप्रद सेयरका लागि आवेदन दिएका थिए। सोही अनुसार चैत २० गते कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो।

तेस्तै हकभन्दा धेरै सेयर माग गरी दरखास्त दिएका आवेदकहरुको बाँडफाँटमा नपरेको हकप्रद सेयर बापतको रकम चैत २३ गतेदेखि आईपीएसमार्फत बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ।

लगतै कम्पनीले आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता सेयर चैत्र २९ गतेदेखि शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने तय पनि गरेको। उक्त सेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले वैशाख ९ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने तय गरिएको छ। 

लगानीकर्तालाई  न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी अंकित मूल्य गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम संख्याका लागि कुनै हद तोकिएको छैन।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्ने भनिएको छ। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको