Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावरको लिलामी सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, ०७ : ५० मा प्रकाशित

रिडी पावरको लिलामी सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

रिडी पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरको बोलकबोल बढाबढमा आज वैशाख ९ आवेदन दिने अन्तिम दिन रहेको छ। 

चैत्र २९ गतेदेखि वैशाख ९ गतेसम्म सिलबन्दी बोलपत्र पेश गर्न सकिने यस अघि कम्पनीले एक सूचना मार्फत जानकारी दिएको थियो । कम्पनीले १:०.५ अनुपातमा फागुन १८ गतेदेखि चैत ८ गतेसम्म कुल ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा रितपूर्वक आवेदन दिने ६० हजार ६ सय २ जना सेयरधनीहरुलाई ६६ लाख ८ हजार ८ सय ४९ कित्ता हकप्रद बाँडफाँड गरेको थियो । त्यसबाहेक बाकिँ ११ लाख ३५ हजार ६ सय ५७ कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्री गरि रहेको हो। 

कति दिने आवेदन ?
न्यूनतम - १०० कित्ता
अधिकतम - सबै

कहिले सम्म दिने आवेदन ?
चैत्र २९ गतेदेखि वैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रति कित्ता कति पर्छ ?
सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

को हो बिक्री प्रबन्धक ?
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?
मुक्तिनाथ क्यापिटलको काठमाडौं नक्सालस्थित प्रधान कार्यालय र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको