Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीको बिद्युत बिक्रि आम्दानी १६० प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, ३० साउन २०७९, ०६ : १६ मा प्रकाशित

अरुण भ्यालीको बिद्युत बिक्रि आम्दानी १६० प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी ८ करोड ९९ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा १५.६५ प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ८ करोड ७७ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १३ करोड ९१ लाख ७३ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा १६०.४८ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ३४ लाख २७ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार १५ करोड २ लाख ६५ हजार रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५.२० रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ६९ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62f9943ca2fd6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको