Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावरको नाफा ७२०.५३ प्रतिशतले बढ्यो, ईपीएसमा पनि सुधार

अर्थ संसार

सोमबार, २६ कार्तिक २०८१, ०७ : १३ मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावरको नाफा ७२०.५३ प्रतिशतले बढ्यो, ईपीएसमा पनि सुधार

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

यस विवरणअनुसार, कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा खुद नाफा वृद्धि गरेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७२०.५३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही समयमा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी बढ्नासँगै खर्च घटेकाले नाफामा उल्लेखनीय वृद्धि भएको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४८५.५७ प्रतिशतले बढेर ७ करोड ७४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको अन्य आम्दानी पनि २५.६१ प्रतिशतले बढेर ११ करोड २१ लाख रुपैयाँ पुगेको छ।

खर्चमा कटौती गर्दै कम्पनीले खर्चलाई ४३.६३ प्रतिशत घटाएर ३ लाख ६९ हजार रुपैयाँमा सीमित गरेको छ, जसले नाफामा सकारात्मक प्रभाव पारेको हो। यससँगै, कम्पनीको प्रति सेयर आम्दानी पनि ९ रुपैयाँ १७ पैसा वृद्धि भएर १२ रुपैयाँ १२ पैसा पुगेको छ। असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.८४ गुणा रहेको छ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी २५ करोड ५२ लाख रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको