Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको सांग्रिला मुद्दती धमाका योजना खाता संचालनमा

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, १८ : ४९ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको सांग्रिला मुद्दती धमाका योजना खाता संचालनमा

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ । ग्राहक महानुभावहरुले यो योजना न्यूनतम मौज्दात रु दश हजारबाट सुरु गर्न सक्नुहुनेछ । 
यस मुद्दती योजना अन्तर्गत बचत रकम अनुसार ४ गुणा, ५ गुणा र १० गुणा सम्म प्रतिफल प्राप्त गर्न सकिनेछ । ग्राहकले यस योजना अन्तर्गत आफ्नो वचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम÷प्रतिफल प्राप्त गर्न सक्नुहुनेछ भने सोही अनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम÷प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने समेत व्यवस्था गरिएको छ । ग्राहकले आफ्नो वचत रकममा कर्जा लिने÷दिने दिन सम्म पूँजीकरण गरिएको व्याज रकम समेत जोडेर हुन आउने रकमको ८० प्रतिशत सम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । 

यस योजनामा सहभागि हुन चाहने ग्राहक महानुभावहरुले मुलुकभर रहेको ११२ शाखा कार्यालयहरु मार्फत सुलभ तरिकाले खाता खोली रकम वचत गर्न तथा कर्जा सुविधा लिन सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र संचालन गरिएको छ । यस योजना अन्र्तगत ग्राहक महानुभावले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Exclusive : रिडी पावरको ऐतिहासिक सुरुवात - यसरी सम्भव बन्यो जलविद्युत क्षेत्रको पहिलो मर्जर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको