नेप्सेमा आज (बुधबार) तिन जलबिद्युत कम्पनीको सेयर कारोबार प्रारम्भ भएको छ । हिजो मंगलबार नेप्सेमा सुचिकृत भएका श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी र मन्दाकिनी हाइड्रोपावरले जारी गरेको साधारण सेयरको आज बाट दोस्रो बजार कारोबार प्रारम्भ भएको हो ।
आजको प्रि सेसन कारोबारमा मन्दाकिनीको प्रतिकित्ता २३७ रुपैयाँ ३० पैसामा, अपर सोलुको ३२४ रुपैयाँ ६० पैसा र श्वेतगंगाको २६९ रुपैयाँमा पहिलो कारोबार भएको नेप्सेले जनाएको छ ।
स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात अब यी कम्पनीहरुको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस