Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी विभागको निर्देशन पछि सहकारीले पनि वित्तिय विवरण निकाल्न थाले

अर्थ संसार

मंगलबार, ०७ भदौ २०७९, १० : ४१ मा प्रकाशित

सहकारी विभागको निर्देशन पछि सहकारीले पनि वित्तिय विवरण निकाल्न थाले

गत साता सहकारी विभागले सबै सहकारीहरुलाई एक निर्देशन जारी गर्दै एक साता भित्र वित्तिय विवरण प्रकाशन गर्न भनेपनि अहिले सहकारीहरुले समेत धमाधम वित्तिय विवरण सार्वजनिक गर्न थालेका छन् । 

सहकारीहरुमा बढ्दो बिकृतिलाई नियन्त्रण गर्ने निती अनुरुप अब सहकारीहरुले पनि अन्य वित्तिय संस्थाहरुले जस्तै नियमित रुपमा वित्तिय विवरण सार्वजनिक गर्नुपर्ने व्यबस्था विभागले गरेको हो । 

सहकारी  संस्थाले  सेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल सेयर सदस्य सङ्ख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल संस्थागत पुँजी र विभिन्न कोषमा रहेको रकमबारे सदस्यलाई नियमित रूपमा जानकारी गराउनुपर्नेछ ।

यसरी विवरण सार्वजनिक गरेपछि हरेक महिना पनि विवरण सार्वजनिक गर्नुपर्ने निर्देशनमा उल्लेख थियो । विभागले जारी गरेको निर्देशनमा सहकारी ऐन २०७४  को  दफा  ७३  मा  भएको  प्रावधानबमोजिम  आफूले बुझाउनुपर्ने मासिक÷वार्षिक र माग भएका अन्य  विवरण  यथासमयमै  नियामक निकायमा  बुझाउने  साथै  वित्तीय  सूचना  कोपोमिस  प्रणालीमा  प्रविष्ट गर्नुपर्ने उल्लेख छ ।

एक सहकारीले प्रकाशन गरेकाे वित्तिय विवरणः

63045e68b5944.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको