Like us!
Follow us!
Connect us!
Watch us!

लघु बीमा कम्पनी स्थापनाको बाटो खुल्यो, ३० प्रतिशत आईपीओ जारी गर्नै पर्ने

अर्थ संसार

मंगलबार, ०७ भदौ २०७९, १० : ५९ मा प्रकाशित

लघु बीमा कम्पनी स्थापनाको बाटो खुल्यो, ३० प्रतिशत आईपीओ जारी गर्नै पर्ने

बीमा समितिले बीमा ऐन २०४९ को दफा ८ को खण्ड (घ२) को अधिनमा रहि लघुबीमा कम्पनी संस्थापना तथा दर्ता सम्बन्धि निर्देशिका २०७९ जारी गरेको छ ।  समितिले उक्त निर्देशिका जारी गरेसँगै अब नेपालमा लघु बीमा कम्पनी स्थापनाको लागि बाटो खुलेको हो ।

उक्त निर्देशिका अनुसार लघुविमा कम्पनीले कम्तिमा ३० प्रतिशत साधारण सेयर सर्वसाधारणमा बिक्रि गर्नुपर्ने छ भने उक्त सेयरबाट बढिमा ५ प्रतिशतसम्म साधारण सेयर कम्पनी कर्मचारीहरुका लागि छुट्याउने सकिने व्यवस्था छ । 

लघुबिमा कम्पनीका लागि आवश्यक चुक्ता पूँजी भने बीमा समितीले तोके बमोजिम हुने छ भने कम्पनीमा कम्तिमा पनि ५१ प्रतिशत स्वामित्व संस्थापक सेयरधनीहरुको हुनुपर्ने छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको