Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : नेप्से र कारोबार दुवै घट्यो

बुधबार, २५ साउन २०७४, १६ : ४३ मा प्रकाशित

आजको सेयर बजार :  नेप्से र कारोबार दुवै घट्यो

  • दिपेश घिमिरे

अर्थ संसार, काठमाडौं  धितोपत्र बजारलाई आज रातो झण्डाले स्वागत गरेको छ । नेपाल स्टक एक्स्चेन्ज अनुसार ६.२२ अंकले घटेर १६१६ विन्दमा पुगेर समेटिएको छ ।

यस दिन बिमा र होटल समूहका बाहेक अरू सबै समूहका सेयर ओरालो लागेपछि बजार प्रभाबित भएको हो ।

आज  होटल २.३५ र बिमा ८.७१ अंकले  बढेको छ । उता बैङ्क ६.४८, विकास बैंक १२.७२, जलविद्युत १२.७५, फाइनान्स ३.७, उत्पादन २५.१४ र  अन्य १.४५ अंकले घटेको छ ।

कूल १ सय ५९ कम्पनिको २८ लाख ३२ हजार ४ सय ४५ कित्ता सेयर खरिद विक्री हुँदा ९१ करोड ६२ लाख ४१ हजार ७ सय ३२ रुपैयाँको कारोबार भएको स्टकले जनाएको छ  ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको