Like us!
Follow us!
Connect us!
Watch us!

१२ गुणा नाफा कमायो सिनर्जी फाइनान्सले

आइतबार, २९ साउन २०७४, ०७ : ४१ मा प्रकाशित

१२ गुणा नाफा कमायो सिनर्जी फाइनान्सले

अर्थ संसार,  काठमाडौं – सिनर्जी फाइनान्स लिमिटेडले गत आवको चौंथो त्रैमासमा १२ गुणा नाफा बढाएको छ ।

कम्पनीले अघिल्लो आवमा १ करोड ५० लाख नाफा कमाएको थियो भने गत आवको चौंथो त्रैमाससम्ममा  १८ करोड ११ लाख खुद मुनाफा कमाएको छ ।

सो अवधीमा कम्पनीले  २६ करोड ३१ लाख खराब कर्जा सङ्कलन गर्न सफल भएको छ । खुद व्याज आम्दानी २ गुणा बढेर  १२ करोड ३४ लाख पुगेको छ ।

गत आवको चौंथो त्रैमाससम्ममा कम्पनीको चूक्तापूँजी १० गुणा बढेर ४७ करोड ४४ लाख पुगेको छ । सो अवधीमा जगेडा कोषको रकम ५ करोड २४ लाख ऋणात्मक रहेको छ ।

कर्जा तथा सापटी  १ अर्ब ६७ करोड पुगेको छ । कम्पनीको निष्क्रिय कर्जा १९ दशमलव ५५ प्रतिशत रहेको छ ।  

598fb2dd4df41.jpg 598fb2e144402.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको