Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सीको नाफामा छलाङ, अन्य अवस्था कस्तो ?

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, ०६ : ४२ मा प्रकाशित

तारागाउँ रिजेन्सीको नाफामा छलाङ, अन्य अवस्था कस्तो ?

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा होटलले १८ करोड ८० लाख ८३ हजार रुपैयाँ नाफा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा होटल ३ करोड ५० लाख ७२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण घट्दै गएको र पर्यटकको आगमनमा बढेको हुनाले कम्पनी नाफामा बृद्धि भएको हो ।

गत आर्थिक बर्षमा होटलले ७० करोड ५ लाख ३५ हजार रुपैयाँ बिक्रि आम्दानी गरेको छ जुन गत आर्थिक बर्षको सोहि अवधिमा १३ करोड ७१ लाख ६४ हजार रुपैयाँमा सिमित थियो । 

त्यस्तै, १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको होटलको जगेडा कोषमा भने ४४ करोड १६ लाख ३५ हजार रूपैयाँ कायम रहेको छ । त्यसैगरी, होटलको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ६४ पैसा रहेको छ ।

होटलले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

632278eb419fe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको