Like us!
Follow us!
Connect us!
Watch us!

युवालाई आकर्षित गर्न अनुदान

सोमबार, ३० साउन २०७४, १५ : ५६ मा प्रकाशित

युवालाई आकर्षित गर्न अनुदान

अर्थ संसार, पोखरा– जिल्ला पशुसेवा कार्यालय कास्कीले आर्थिक वर्ष २०७३/७४ मा युवालाई पशुपालनको क्षेत्रमा आकर्षित गर्न रु चार करोड पाँच लाख २१ हजार अनुदान वितरण गरेको छ ।

ल्लिा पशुसेवा कार्यालयले रु दुई करोड ४१ लाख २१ हजार र बजार प्रवद्र्धन निर्देशनालय हरिहरभवनले रु एक करोड ६४ लाख अनुदान उपलब्ध गराएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दूध र मासु उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले एउटा ठूलो गाईभैँसी फार्म, सातवटा मझौला, २५ वटा साना गाईभैँसी फार्म र १९ वटा बाख्रा फार्मलाई रु दश हजारदेखि रु तीन लाख २५ हजारसम्म अनुदान वितरण गरिएको छ ।

युवा लक्षित बंगुर व्यवसायतर्पm १० बंगुर फार्ममध्ये ठूलो एउटालाई रु चार लाख र मझौला नौवटा फार्मलाई रु दुई÷दुई लाख, घाँस प्याकेज कार्यक्रममा ६७ जनालाई रु तीन हजारदेखि रु ४० हजारसम्म, १० वटा व्हील ब्यारोका लागि रु एक लाख सहयोग गरिएको छ ।

भकारो सुधार, बाख्राको खोर बनाउन, बहु वर्षे र डाले घाँसको विकास, पशुको उपचार र खोप, भैंसीमा कृत्रिम गर्भाधान, पशुपक्षी बजार प्रवद्र्धन, दुग्ध उत्पादक सहकारी संस्थालाई मिल्क एनालाइजर र चिलिङ भ्याट खरिदमा समेत अनुदान वितरण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको