Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको अग्राधिकार सेयरकाे सूचीकरण खारेज

अर्थ संसार

शुक्रबार, ०७ असोज २०७९, ११ : ३० मा प्रकाशित

एभरेष्ट बैंकको अग्राधिकार सेयरकाे सूचीकरण खारेज

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडकाे अग्राधिकार सेयरकाे सूचीकरण खारेज गरिएकाे छ । 

बैंकले जारी गरेकाे २० लाख कित्ता "७ प्रतिशत लाभांश दरकाे अग्राधिकार सेयर" असाेज १३ गते पाँचाै तथा अन्तिम पटक साधारण सेयरमा परिणत हुने भएकाेले उक्त अग्राधिकार सेयरकाे काराेबार असाेज ६ गतेसम्म मात्रै कायम गरी सूचीकरण खारेज गरिएकाे नेप्सेले जनाएकाे छ ।

हरेक ३-३ वर्षमा २० प्रतिशतका दरले साधारण सेयरमा परिणत गर्नुपर्ने प्रावधान अनुरुप पाँचौ तथा अन्तिम पटकको परिणत असोज १३ गते हुने भएको हाे । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

632d48ac545fe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको