Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्तको आईपीओ नेप्सेमा सुचिकृत, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

शुक्रबार, ०७ असोज २०७९, १४ : १८ मा प्रकाशित

अभियान लघुवित्तको आईपीओ नेप्सेमा सुचिकृत, कतिमा खुल्छ कारोबार ?

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते, बुधबारबाट साउन २२ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुचिकृत भएको छ । 

लघुवित्तको २५ लाख कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

लघुवित्तको शेयरलाई नेप्से एभिवाइएन (AVYAN) कारोबार संकेत प्रदान गरेको छ । लघुवित्तको आईतबार देखि दोस्रो बजार कारोबार सुरु हुने छ । 

नेप्सेले लघुवित्तको कारोबारलाई १०५.३६ देखि ३१६.०८ रुपैयाँसम्म ओपनिङरेन्ज प्रदान गरेको छ यसैका आधारमा कारोबार खुल्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको