Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको मुनाफ ३६ करोड माथि

मंगलबार, ३१ साउन २०७४, ११ : ३६ मा प्रकाशित

शिखर इन्स्योरेन्सको मुनाफ ३६ करोड माथि

अर्थ संसार, काठमाडौं–  शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ३७ करोड ५८ लाख रुपैयाँ  मुनाफा आर्जन गरेको छ । सोही अवधीमा  शिखर इन्स्योरेन्सले ३० करोड ६६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

८१ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी भएको शिखर इन्स्योरेन्सले जगेडा कोषमा ३० करोड ११ लाख रुपैयाँ र बीमाकोषमा ६४ करोड ६२ लाख रुपैयाँ पुगेको छ । शिखर इन्स्योरेन्सको आम्दानी २० प्रतिशतले वृद्धि गरी ६१ करोड ८३ लाख रुपैयाँ पुर्याएको छ । बीमा शुल्क (खुद) आम्दानी १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बीमा शुल्क आर्जन कुल रकम २ अर्ब ७६ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

खर्चमा १६ दशमलव ३४ प्रतिशत बढेर २४ करोड २४ लाख रुपैयाँँ पुगेको छ । दाबी भुक्तानी (खुद) ५९ करोड ७५ लाख रुपैयाँ पुगेको छ । भने कुल दाबी भुक्तानी १ अर्ब २३ करोड ८४ लाख रुपैयाँ बराबरको रहेको छ ।

शिखर इन्स्योरेन्सको चौथो त्रैमास अनुसार प्रति शेयर आम्दानी ४५ दशमलव ९७ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ४२ दशमलव २३ गुणा र प्रतिशेयर नेटवर्थ २ सय २० दशमलव ०६ रुपैयाँ रहेको छ ।

यो पनि पढ्नुहोस्

सरकारी जागिर खाने हो ? प्रहरी प्रधान कार्यालले माग्यो ११७२ जना कर्मचारी (विज्ञापनसहित)

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माग्यो ११०१ जना इन्जिनियर (विज्ञापनसहित)

प्राविधिकलाई स्थाीय रोजगारीको अवसर, प्रहरी प्रधान कार्यालयले माग्यो ९८ जना प्राविधिक (विज्ञापनसहित) 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको