Like us!
Follow us!
Connect us!
Watch us!

फस्ट माइक्रोफाइनान्सले १५ प्रतिशत बोनश दिने

मंगलबार, ३१ साउन २०७४, ११ : ५० मा प्रकाशित

फस्ट माइक्रोफाइनान्सले १५ प्रतिशत बोनश दिने

अर्थ संसार, काठमाडौँ– आफ्ना सेयर लगानीकर्ताहरुलाई फस्ट माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।

आइतबार बसेको संचालक समिति बैठकले यो निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनकालागि ०.७९ प्रतिशत नगद लाभांस समेत दिनेछ ।

कम्पनीले घोषणा गरेको लाभांस आगामी साधारणसभा र नेपाल राष्ट्र बैंकले स्विकृत गरेपछि शेयरधनीले पाउनेछन ।

 कम्पनीले गत आर्थिक वर्षमा ३९ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ । कम्पनीले आठ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले गत वर्ष भन्दा आफ्नो मुनाफा तीन करोड रुपैयाँले बढाएको थियो । कम्पनीको प्रति सेयर आम्दानी २०.२९ र नेटवर्थ १३०.९८ रहेको छ ।     

 

599299d7244a8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको