Like us!
Follow us!
Connect us!
Watch us!

चिकेन रोस्ट कसरी बनाउने ? यस्ताे छ सजिलै बनाउने तरिका

अर्थ संसार

विहीबार, १३ असोज २०७९, १४ : ४३ मा प्रकाशित

चिकेन रोस्ट कसरी बनाउने ? यस्ताे छ सजिलै बनाउने तरिका

मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो चिकेन रोष्ट । हरेक उमेर समूहका मानिसले रोस्ट मन पराउँछन् । रोष्ट बनाउन पनि एकदमै सजिलो छ । यसरी सजिलै बनाउनुहोस् चिकेन रोस्ट ।

आवश्यक सामग्री

- चिकेन आवश्यकताअनुसार
- तेल, बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
- लसुन, अदुवाको पेस्ट
- कागती
- अण्डा 

बनाउने तरिका

मासुमा बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी, लसुन, अदुवाको पेस्टसँगै कागतीको रस र अण्डा राखेर राम्ररी मोल्ने र कम्तिमा आधा घण्टाका लागि छोपेर राख्ने । 

पकाउँदा भाँडामा तेल तातेपछि त्यसमा म्यारिनेट गरेर राखेको मासु हाल्ने । केही समयपछि खैरो हुँदै गएपछि त्यसलाई फकाएर पकाउने र रोस्ट खान तयार हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको