Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो डेभलपरको आइपिओ भर्नुभयो ? आजै गएर भर्नुहोस्, आज अन्तिम दिन

बुधबार, ३२ साउन २०७४, ०४ : ०० मा प्रकाशित

नेपाल हाइड्रो डेभलपरको आइपिओ भर्नुभयो ? आजै गएर भर्नुहोस्, आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं - नेपाल हाइड्रो डेभलपर कम्पनीको आइपिओ भर्नुभयोे ? नभरेको भए आजै  गएर भर्नुहोस् ।  किन कि आज अन्तिम दिन ।

कम्पनीले तीन लाख ९० हजार कित्ता साधारण  सेयर (आइपिओ) शुक्रबारदेखि निष्काशन गरेको हो । कम्पनी दोलखा भिमेश्वर स्थित चर्नावति खोलामा साढे तीन मेगावाटको चर्नावती खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि उत्पादन समेत भइ रहेको छ ।

कम्पनीको सेयरमा न्युनतम ५० कित्ता देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

आर्थिक बर्ष २०७०/७१ देखिनै मुनाफा आर्जन गर्दै आएको छ । साधारण सेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी रु २६ करोड पुग्ने छ ।

जसमा ७५ प्रतिशत संस्थापक शेयर धनीहरुको, १० प्रतिशत आयोजना प्रभावितहरुको र १५ प्रतिशत सर्बसाधारण सेयर धनीको स्वामित्व रहनेछ ।

यहाँबाट आवेदन दिनुहोस्

एनएमबि क्यापिटल नागपोखरी र नेपाल हाइड्रो डेभलोपरको कार्यालय डिल्ली बजारबाट कम्पनीको आपिओ आवेदन दिन पाइनेछ ।

साथै आस्वा सुविधा भएका सबै बैंक तथा वित्तिय संस्थाबाट शेयर आवेदन दिन मिल्ने कम्पनीले जनाएको छ । सेयर आज (बुधबार) सम्म भर्न सकिने एनएमबी क्यापिटलले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको