Like us!
Follow us!
Connect us!
Watch us!

बजारले ट्रेन्ड परिवर्तन गर्दैछ, असोज २७ पछि छुट्टै मुभमेन्ट आउनेछः सन्दिप चौधरी

अर्थ संसार

विहीबार, २० असोज २०७९, ०७ : १७ मा प्रकाशित

प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरीले बजारले ट्रेन्ड परिवर्तन गर्ने संकेत देखाएको बताएका छन् । अर्थसंसार डटकमको कार्यक्रम टेक्नो गफसंगको कुराकानीमा चौधरीले यस्तो बताएका छन् । 

उनले अब छिट्टै बजारले उकालो यात्रा तय गर्नसक्ने आँकलन समेत गरेका छन् । उनले विभिन्न कारणहरु प्रस्तुत गर्दे तिनलाई बजार बढ्न सक्ने आधारका रुपमा ब्याख्या गरेका हुन् । 

‘विगत देखिकै साइकलहरुलाई हेर्ने हो भनेपनि बियरिसको अन्त्यतिर जहिले पनि भोलुम कम हुन्थ्यो जुन अहिले पनि देखिएको छ कारोबार रकम ५० करोडको आसपासमा आउनु भनेको बजारमा बियरिस ट्रेन्डको अन्त्य हुँदैछ भन्ने संकेत पनि हो’ उनले भने ‘त्यस्तै अब ब्यादरमा पनि पिक गइसकेको छ अब बिस्तारै घट्दै जान्छ, अब धेरै कम्पनीहरुले लाभांश पनि घोषणा गर्नेछन् यसले बजारलाई बढ्न मद्दत नै गर्ने छ’ । 

यी विभिन्न आधारहरुले असोज २७ गतेपछि भने बजारमा छुट्टै भुममेन्ट आँउनसक्ने उनको अनुमान छ ।

चौधरीसंगको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको