Like us!
Follow us!
Connect us!
Watch us!

मर्मस्पर्शी र मनोरञ्जनात्मक छ ‘महापुरुष’ को ट्रेलर

अर्थ संसार

सोमबार, २४ असोज २०७९, २१ : ०१ मा प्रकाशित

बहुप्रतीक्षित  महजोडी अभिनित चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार दिउँसो ४ बजे केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक भएको हो ।

कमेडी जनरामा बनेको ‘महापुरुष’ मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लिड रोल रहेको छ । ट्रेलरमा बाबु र सन्तानबीचको भावनात्मक सम्बन्ध तथा प्रौढ प्रेमलाई मर्मस्पर्शी ढंगले देखाइएको छ ।

प्रदीप भट्टराई निर्देशित महापुरुषको ट्रेलरले नै चलचित्र पारिवारिक र सामाजिक विषयवस्तुमा आधारित रहेको स्पष्ट पार्छ । अभिनेता आचार्य र अभिनेत्री गौरी मल्ल तथा मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, रबिन्द्रसिंह बानियाँ, अरुण श्रेत्री, अञ्जना बराइली प्रभावकारी देखिएका छन् ।
यसअघि दर्शकबाट राम्रो रेस्पोन्स आइरहँदा महापुरुषको इन्टरनेट ट्रेलर रिलिज गरिएको थियो । केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलसँगै विभिन्न फेसबुक पेज र एकाउन्टमार्फत इन्टरनेटमा ट्रेलर रिलिज गरिएको हो । 

हलभन्दा फरक ट्रेलर इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्मको कथासार स्पष्ट पारिएको छ । दुई परिवारको कथा ट्रेलरमा देखाइएको छ । दुई उमेर समूहको प्रेमभाव समेत यसमा देख्न सकिन्छ । 

फ्याम्ली ड्रामा मार्फत समाजमा विधमान सोचलाई भत्काउने प्रयास गरिएको लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराईले बताए । ‘समाजको महत्वपूर्ण विषयमा फिल्मी शैलीमा सरल रुपले देखाउने प्रयास गरेका छौँ । हामीले फिल्मलाई अभिभावकको आँखाबाट देखाउने छौँ । यसलाई स–परिवार बसेर हेर्न सक्नुहुनेछ,’ निर्देशक भट्टराईले भने । यो सिनेमा ११ कात्तिकमा विश्वभर एकसाथ रिलिज हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको