शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’ को रिलिज रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । चलचित्रमा प्रयोग भएका कतिपय संवाद र शब्दहरू आपत्तिजनक रहेको भन्दै रोशनी नेपालीले वादी समुदायका तर्फबाट अदालतमा रिट निवेदन दर्ता गराएकी थिइन्।
सोही निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्कालका लागि प्रदर्शन स्थगनको निर्णय सुनाएको हो। लालीबजारको आज प्रिमियर शो आयोजना गरिएको छ । अदालतको आदेशपछि चलचित्र शुक्रबार प्रदर्शनमा नआउने भएको छ ।
यम थापाको निर्देशन तथा षट्कोण आर्टसको निर्माण रहेको यस चलचित्र आगामी वैशाख १८ गतेदेखि देशभरका सिनेमा घरमा आउने अन्तिम तयारीमा थियो। विशेषगरी वादी समुदायका महिलाहरूले समाजमा गर्नुपरेको कठोर संघर्ष र उनीहरूको भोगाइलाई यस चलचित्रले मुख्य कथावस्तु बनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस