दिनिता लामिछाने
काठमाडौं –तपाईलाई सेयरबाट पैसा कमाउने रहर हुदा सेयर केहो ?भन्ने बुभ्न जरुरि छ । यसको लागि यस्ता छन् टिप्सहरु –
१. सेयर फिर्ता हुदैन
हामिले कुनै पनि सामान किन्दा निश्चित अवधिभित्र फिर्ता गर्ने वा साट्ने सर्तमा किन्छौ । त्यो अवधि एकदिन, एकहप्ता पनि हुनसक्छ ।
आज किनेर ल्यायो भोलि मन परेन भन्दै फिर्ता दिईन्छ । तर, सेयर यस्तो बस्तु हो, जो एक पटक किनिसकेपछि त्यो नै अन्तिम हुन्छ । यसलाई मनपरेन भन्दै साटफेर गर्न सकिदैन ।
२.सेयरमा उधारो
तपाईसंग थोरै पैसा छ तर धेरै सेयर किन्न चाहनु हुन्छ भने उधारो पनि किन्न सकिन्छ । केहि पैसा ब्रोकरलाई दिएर केहि पैसा ब्रोकरबाट क्रृण लिएर सेयर किन्न सक्नुहुन्छ ।
क्रृणमा ब्याज तिर्नुपर्छ । सेयरको मूल्य घट्दै गए ब्रोकरले पैसा थप्न अनुरोध गर्दछ । पैसा नथपे धितोमा रहेको सेयर बिक्रिगरेर आफ्नो क्रृण र ब्याज कटाएर बाँकि पैसा लगानीकर्तालाई दिन्छ ।
३.सर्वसाधारण पैसावाल, कम्पनी मगन्ते
सेयर बजारमा, सर्वसाधरणलाई धनि बनाउन कम्पनी आफै मगन्ते हुन्छ । कम्पनीले सर्वसाधारणलाई जहिले धनी र पैसावाल देख्छ ।
बिभिन्न बाहानामा पैसा मागिरहेको हुन्छ । पैसा माग्न कम्पनीले साधरण सेयर जारी गर्छ । थप पैसा चाहिए फेरी हकप्रद सेयर जारी गर्छ ।
४.व्यक्ति र कम्पनी उस्तै
आफु कस्तो भईयो भने जीवन सहज र समाजले रुचाएकाृ ब्यक्ति बन्न सकिन्छ ? कम्पनी पनि तेस्तै हुन्छ ।
मानिस र कम्पनी एउटैमात्र फरक हुन्छ । मानिस जिवित हो ,कम्पनी र्निजिब । कम्पनीको खर्च हुन्छ, ब्यक्तिको खर्च हुन्छ । कम्पनीको आम्दानी भए ब्यक्तिको पनि आम्दानी हुन्छ । व्यक्तिको क्रृण हुदा कम्पनी को पनि क्रृण हुन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस