Like us!
Follow us!
Connect us!
Watch us!

कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोडको क्षति

शनिबार, ०३ भदौ २०७४, १९ : ३० मा प्रकाशित

कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोडको क्षति

अर्थ संसार, काठमाडौँ– कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोड ३४ लाखको क्षति भएको जानकारी दिनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री यादवले तराईका अधिकांश धानखेतमा क्षति भएको बताउँदै माछापालनदेखि कृषिजन्य संरचना ध्वस्त भएको बताउनुभयो ।

यही भदौ १० गतेभित्र कृषिसम्बन्धी विशेष राहत प्याकेज घोषणा गरिने बताउँदै उहाँले क्षति के कति भएको हो रु कति राहत दिने भन्नेबारे उच्चस्तरीय समिति गठन भइसकेकाले त्यसको अध्ययनपछि राहतका कार्यक्रम ल्याइने प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “बाढीका कारण धेरै जनधनको क्षति भएको छ, सरकारले मृतकका परिवारलाई रु दुई लाख तथा घर मर्मतका लागि रु २५ हजारका साथै दैनिक खाजा खर्चस्वरुप रु ७० दिने निर्णय गरिसकेको छ ।”

राहत तथा उद्धारका लागि सरकारले द्रुतस्तरमा काम गरिरहेको बताउँदै उहाँले स्थानीय प्रशासनलाई समेत केन्द्रबाट अत्यावश्यक सामग्री तत्काल वितरण गर्न निर्देशन दिइसकेको प्रष्ट पार्नुभयो ।

मन्त्री यादवले त्रिपाल, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका सामग्री एकद्वार प्रणालीमा वितरण भएको बताउँदै उहाँले आफ्नो मन्त्रालय मातहतका करिब सात हजार ५०० कर्मचारीबाट संकलित रु एक करोड २० लाख केही दिनमा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताउनुभयो ।

उहाँले पीडितको राहत तथा उद्धारमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै कृषि विकास बैंकबाट ऋण लिएकालाई ब्याज छुटदेखि मिनाह गर्न सकिने सम्भावना रहेको जानकारी गराउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको