Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको हकप्रद सेयर खुल्यो

आइतबार, ०४ भदौ २०७४, १० : ४६ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको हकप्रद सेयर खुल्यो

अर्थ संसार, काठमाडा–  मुक्तिनाथ विकास बैंकले आफ्ना लगानीकर्ताहरुका लागि आजदेखि हकप्रद सेयर निष्काशन गरेको छ ।

बैंकले  १० बराबर ४ को अनुपातमा ( अर्थात ४० प्रतिशत हकप्रद सेयर)  सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको ६१ लाख ७० हजार ८६५ कित्ता सेयर निष्काशन गरेको हो ।

यहाँबाट दिनुहोस आवेदन

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यालिटल लिमिटेड रहेको छ । बैंकका लगानीकर्ताले  एनआईबीएल क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

त्यसै गरी नेपाल इन्भेष्टभेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी शाखाबाट पनि हकप्रद सेयरमा आवेदन गर्न सकिने बताइएको छ । असोज ८ गते सम्म भर्न सकिने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको