Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमान्डूले संस्थापक सेयर बेच्ने, न्यूनतम मूल्य प्रतिकित्ता २६६ रुपैयाँ

आइतबार, ०४ भदौ २०७४, १२ : २९ मा प्रकाशित

बैंक अफ काठमान्डूले संस्थापक सेयर बेच्ने, न्यूनतम मूल्य प्रतिकित्ता २६६ रुपैयाँ

अर्थ संसार, काठमाडौं – बैंक अफ काठमान्डूले संस्थापक सेयर प्रिमियम भाउ राखेर लिलामीमा बिक्री गर्ने भएको छ ।

बैंकले ६१ लाख ५८ हजार ६७ कित्ता सेयर प्रतिकित्ता न्यूनतम २६६ रुपैयाँलाई आधार मानेर त्यसभन्दा माथि भाउ राखेर लिलाम बढाबढमा बिक्री गर्ने तयारी गरेको हो ।

बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १६६ रुपैयाँ न्यूनतम प्रिमियम भाउ तोकेको हो । यसआधारमा लगानीकर्ताले अब प्रतिकित्ता न्यूनतम २६६ रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी लिलामी भर्नुपर्ने हुन्छ ।

यद्दपि, बैंकले गरेको यो प्रस्ताव नियामक निकायबाट अनुमोदन हुन बाँकी छ । बैंक अफ काठमान्डूले मूल्य बढाबढमा बिक्री गर्न नियामक नेपाल धितोपत्र बोर्डले तोकेको ढाँचामा विवरणपत्र तथा अन्य आवश्यक कागजपत्र पेस गरिसकेको जानकारी दिएको छ ।

599930becca4a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको