Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार: नेप्से र कारोबार दवैमा गिरावट

आइतबार, ०४ भदौ २०७४, १५ : १८ मा प्रकाशित

आजको सेयर बजार: नेप्से र कारोबार दवैमा गिरावट

अर्थ संसार, काठमाडौं – साताको पहिलो दिन (आज) नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र कारोबार दुवैमा गिरावट भएको छ ।

नेप्से ११.७८ अंकले घट्दा ७९ करोड ४६ लाख ८२ हजार ६ सय ५८ रुपैयाँको कारोबार भएको छ ।  जम्मा १ सय ५९ वटा कम्पनीको ४६ लाख ७८ हजार ६ सय ४४ कित्ता सेयर खरिद भएको छ ।

आज होटल समूहमा मात्र हरियाली छाएको छ । होटल समूह ४.२१ अंकले बढेको छ । यता बैंक १२.२ अंक, विकास बैंक १४.८५ अंक, हाइड्रोपावर १५.७१ अंक, फाइनान्स ६.६६ अंक, इन्स्योरेन्स ३९.७४ अंक, उत्पादन २५.७१ अंक र अन्य २.८९ अंकले घटेका छ । दोहोरो अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

59995ae039fb7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको