Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्यो ७ ब्रोकरलाई निलम्बित

सोमबार, ०५ भदौ २०७४, १२ : ०८ मा प्रकाशित

नेप्सेले गर्यो ७ ब्रोकरलाई निलम्बित

अर्थ संसार, काठमाडौं–  आज नेपाल स्टक एक्सचेञ्जले  सात सेयर दलाल व्यवसायी (ब्रोकर) लाई निलम्बलन गरेको छ ।

धितोपत्र बोर्डका अनुसार नियमन शुल्क नबुझाएपछि ती ब्रोकर कम्पनीहरुको कारोबार रोक्का गरिएको हो ।

आर्थिक बर्ष सकिएको एक महिना भित्र ब्रोकर कम्पनीहरुले बोर्डलाई नियमन शुल्क बुझाउनु पर्ने व्यवस्था छ । निलम्बनमा परेका ब्रोकर कम्पनी अर्को सुचना नआएसम्म बन्द रहने नेप्सेले जनाएको छ ।

निलम्बनमा पर्ने ब्रोकरहरु

निलम्बनमा पर्ने ब्रोकरमा भुकुटी स्टक ब्रोकिंग कम्पनी ब्रोकर नं ५५, अग्रवाल सेक्युरिटिज ब्रोकर नं ६, आशुतोष ब्रोक्रेज एण्ड सेक्युरिटिज ब्रोकर नं ८, क्रेटिभ सेक्युरिटिज ब्रोकर नं ४०, डायनामिक मनि म्यानेजर्ज सेक्युरिटिज ब्रोकर नं ४४, श्रीकृष्ण सेक्युरिटिज ब्रोकर नं २० र साउथ एशियन बुल्स ब्रोकर नं ४३ रहेका छन्

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको